काठमाडौं । प्रमोद भण्डारीको शब्दरचना रहेको संसार सारा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भण्डारीको शब्दरचना, रोजिना बस्नेत र दिनेश भुजेलको आवाजमा रहेको चैत दोस्रो हप्ताबाट ‘संसार सारा’ सार्वजनिक भएको हो।
सिडिविजय अधिकारी आवाजमा हालत खराब भो बोलको कवाली शैलीको गीतबाट चर्चा बटुलेका भन्डारीको यो गीतका लागि संगीत नवीन कार्कीले तयार गरेका हुन् ।
संसार साराको संगीत संयोजन विशाल निरौलाले गरेका छन् । रञ्जन राईले गीतको मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
गीतमा प्रेम र जीवनका गहिरा भावनाहरूलाई प्रस्तुत गरिएको दावी गीतकार भण्डारीको छ। गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् जसमा सुस्मा श्रेष्ठ र दिनेश भुजेलको आकर्षक अभिनय रहेको छ।
भिडियोमा जीवनका विभिन्न उतारचढाव र प्रेम-विछोडका जस्ता भावलाई अत्यन्तै संवेदनशील र प्रभावकारी तरिकामा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ। 'संसार सारा' भिडियोलाई दिनेश भुजेल युट्युबमा हेर्न सकिन्छ ।
