Comments Add Comment

भूमि आयोग रसुवाको अध्यक्षमा कांग्रेस नेता उपाध्याय

काठमाडौँ । भूमि समस्या समाधान आयोग, जिल्ला समिति रसुवाको अध्यक्षमा जनक जीवन उपाध्याय नियुक्त भएका छन् । मन्त्रीस्तरीय बैठकले उपाध्यायलाई अध्यक्षमा नियुक्त गरेको हो ।
भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ८ को उपदफा १ को खण्ड क बमोजिम उनलाई भूमि व्यवस्था तथा सहकारी निवारण मन्त्रालयले अध्यक्ष नियुक्त गरेको हो ।

मन्त्रीस्तरको पुस २९ को निर्णयानुसार नियुक्त भएसँगै उपाध्यायलाई विभागीय मन्त्री बलराम अधिकारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण समेत गरिसकेका छन् ।

रसुवाका पुराना कांग्रेस नेता हुन्, उपाध्याय । २०४६ सालको जनआन्दोलनताका उनी काठमाडौँको पिपुल्स क्याम्पस जनआन्दोलन परिचालन समितिका संयोजक थिए । सो क्याम्पसका नेविसंघ सभापति उनी त्यसपछि रसुवा नेविसंघका सभापति भएका थिए ।

पछि तरुण दल रसुवाका सभापति बनेका उनी रसुवा कांग्रेसको निरन्तर नेतृत्वमा रहे । कुनै बेला उपाध्याय गरिबसँग विश्वेश्वर कार्यक्रम रसुवाका संयोजक समेत थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ