काठमाडौँ । संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल जारी गर्नुपर्ने नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवी विभागकी प्रमुख डा.डिला संग्रौलाले बताएकी छिन् ।
'यसअघि २०८०/६/५ गते नेपाल सरकारसंग गरिएको सहमति कार्यान्वयन गरिनुपर्ने लगायतका मागहरु राखेर नेपाल शिक्षक महासंघको आव्हानमा शिक्षक साथीहरु अहिले आन्दोलनमा हुनुहुन्छ, उहाँहरुको आन्दोलनमा मेरो पूर्ण समर्थन छ।' उनले भनिन्- 'नेपालमा शिक्षाको समग्र गुणस्तर सुधार गर्ने, शिक्षा लाई सीप र रोजगारीसंग जोड्ने, सामुदायिक विद्यालयहरुलाई सुविधा सम्पन्न गर्ने, शिक्षक कर्मचारीहरुको सम्मान, सेवा र सुविधा सुनिस्चित गर्न अब ढिला गर्नु हुँदैन।
नेपालको संविधानको मर्म र भावना अनुकूल आन्दोलनरत शिक्षक साथीहरुका जायज माग पुरा गर्न तत्काल पहल गर्न उनले नेपाल सरकारलाई आग्रह गरिन् । साथै वार्ता र संवादद्वारा समस्याको समाधान गर्न पहल गर्न पनि नेपाल शिक्षक महासंघसँग आबद्ध शिक्षकलाई डा संग्रौलाले अपिल गरेकि छन्।
