काठमाण्डौं। पतञ्जली योगपीठको जग्गा बेच्न दिने प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्कंदैछन्।
उनी पार्टी कामको सिलसिलामा बुधबार रौतहट पुगेका थिए। पार्टी कार्यक्रममै रहेका बेला आफूविरूद्ध १८ करोड ५८ लाख ५० हजार मागदाबीसहित मुद्दा गर्दा गरेको थाहा पाएपछि उनी बिहीबार नै काठमाडौं फर्कन लागेका हुन्।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठक बसेर पार्टीको धारणा सार्वजनिक गर्ने बताए।
