Comments Add Comment

शिक्षक संगठनको अध्यक्षमा हंसबहादुर, महासचिवमा प्रकाश

काठमाण्डौ‌ं। नेकपा एमाले निकट शिक्षकहरूको संस्था नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित भएका छन् । 

काठमाडौँमा सम्पन्न १४ औँ राष्ट्रिय सम्मेलनले शाहीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । 

नयाँ निर्वाचित कमिटीको वरिष्ठ उपाध्यक्षमा जङ्गबहादुर गर्बुजा, उपाध्यक्षमा गोविन्द भण्डारी, महिला उपाध्यक्षमा अम्बिका चापागाईँ निर्वाचित भएका छन् भने सङ्गठनको महासचिवमा प्रकाश खनाल, कोषाध्यक्षमा नरबहादुर रावल, उपमहासचिवमा श्रीराम दाहाल, खुला सचिवमा बामदेव सुवेदी, महिला सचिवमा वेणु काफ्ले निर्वाचित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ