Comments Add Comment

लामो समयपछि सदनमा सँगसँगै ओली-प्रचण्ड

काठमाण्डौं। यसअघिसम्मका प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड कमै मात्र सँगै भेटिन्थे। प्रचण्ड बोल्ने क्रममा ओली बाहिरिन्थे वा अरू नै केही कारणले सदनमा अनुपस्थित रहन्थे।

कति पटक त प्रचण्डले सदनबाटै प्रधानमन्त्री खोजको थिए। सदनमा आफू बोल्ने क्रममा प्रधानमन्त्री नदेखेपछि ओलीले आलोचना खेप्न नसकेको आरोप ओलीमाथि लगाउँथे। ओली पनि प्रतिपक्षीले कर्मकाण्डी विरुद्ध गर्ने गरेको आरोप लगाउँथे। तर, सोमबार उनीहरू सदनमा सँगै देखिए। यतिसम्मकी ओली र प्रचण्ड सदनमै हात समेत मिलाएका थिए।

आज सदनमा ओलीले विधेयक पेस गर्न पुगेका थिए भने प्रचण्ड नीति तथा कार्यक्रममाथि छलफलका क्रममा। प्रचण्डका सबै कुरा ओलीले सुन्न भ्याए। सोही क्रममा प्रचण्डले वर्तमान सरकारविरुद्ध गम्भीर आरोप समेत लगाए। प्रचण्डले दुई तिहाइ सरकारको अहंकारको बेलुन फुटिसकेको टिप्पणी गरे। प्रचण्डले सरकारले महिना दिन बितिसक्दा पनि नेपाल राष्ट्रबैंकमा गभर्नर नियुक्त गर्न नसकेको भन्दै दुई तिहाइको अहंकारको बेलुन फुटिसकेको टिप्पणी गरे। उनले सरकार बनेको दश महिना पुग्दा पनि सुध्रिन नचाहेको बताए।

उनले वर्तमान सरकार सरकार सुध्रिनका लागि गठन नभएको र एउटा निश्चित वर्गको स्वार्थका लागि बनेको आरोप लगाए। उनले हरेक नियुक्ति र निर्णयमा स्वार्थी समूह हाबी भएको बताउँदै जनताले सेवा प्रवाह सहज रूपमा पाउन नसकेको बताए। प्रचण्डले भने‚ ‘यो दश महिनामा सरकार सुध्रिएन। किनभने सरकार सुध्रिनका लागि गठन भएकै थिएन। एउटा निश्चित वर्गको स्वार्थका लागि बनेको थियो। दुई तिहाइको अहंकार त अब मैले हेर्दा त त्यो बेलुन फुटिसकेको देख्छु। हरेक नियुक्ति र निर्णयमा स्वार्थी समूह नै हाबी छन्।’ अध्यक्ष प्रचण्डले सरकार बनेको १० महिना बितिसक्दा पनि सातबुँदे सहमति कार्यान्वयनतर्फ कसैको ध्यान नगएको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ