Comments Add Comment

हेर्नुहोस् एक पटक डलरको भाउ

काठमाण्डौं। सुनको मूल्य आज पनि घटेको छ। हिजो तोलामा सातसय रुपैयाँ घटेको सुनको मूल्य आज दुई सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

मूल्य घटेर आज सुन प्रतितोला एक लाख ९० हजार नौसय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार एक सय रुपैयाँ थियो। 

गएको आइतबार भने सुनको मूल्य प्रतितोला एक हजार चारसय रुपैयाँ बढेको थियो। 

आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँ घटेको छ। आइतबार र सोमबार प्रतितोला २ हजार ५ रुपैयाँमा स्थिर रहेको चाँदीको भाउ आज प्रतितोला एक हजार नौसय ९५ रुपैयाँमा झरेको हो।   

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ