Comments Add Comment

ओली-प्रचण्ड भेट, टीआरसीबारे छलफल

काठमाण्डौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल जारी रहेको छ। भेटमा प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल तथा माओवादी केन्द्रका उपमहासिव वर्षमान पुन पनि सहभागी छन् । संक्रमण न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त गर्नेबारे दलहरूबीच कुरा मिल्न सकिरहेको छैन । आज बिहानमात्रै द्वन्द्वपीडित संघसंस्थाका प्रतिनिधिहरूले प्रधानमन्त्री ओलीलाई भेटेरयोग्य र निष्पक्ष व्यक्तिहरूलाई पदाधिकारीमा नियुक्त गर्न माग गरेका थिए । जवाफमा ओलीले सरकारको ध्यान संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनेतर्फ रहेकोले अविश्वास नगर्न आग्रह गरेका थिए । उनले एमाले पनि पीडित रहेको भन्दै कसैलाई पनि अन्यायमा पार्नेगरी काम नहुने बताएका थिए । ओलीको यस्तो अभिव्यक्ति आएकै साँझ प्रचण्डसँग उनको संवाद भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ