Comments Add Comment

प्रगतिशील साहित्यकार हिरामणि दु:खीको 'हेड्क्वाटर' कथा-कृति सार्वजनिक

काठमाण्डौ । प्रगतिशील लेखक एवम् साहित्यकार हिरामणि दुःखीद्वारा लिखित कथासंग्रह “हेडक्वार्टर” बिहिबार लोकार्पण भएको छ । कथा-कृतिलाई मई दिवसका दिन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले विमोचन गरेका हुन् । प्रारम्भिक पृष्ठ १२ र पाठ्यपृष्ठ १९० सहित २०२ पृष्ठको हेड्क्वाटर कथा संग्रहमा १५ वटा कथा रहेका छन् । लालुपाते फुलेको याम, उसको आस्था गलेन , पुनर्मिलनपछि , आरोह अवरोह, हेडक्वार्टर, मनकुमारी, रेमिट्यान्स, सपना बदलिए पछि, बर्थडे , ऊ मुग्लान भासियो, हृदयको घाउ, कमरेड पुत्रीको बिहे, फोनको घण्टी, कालुराम थारु, युटोपिया शीर्षकका कथाहरु यस संग्रहमा संग्रहित छन् । यस संग्रहमा जनयुद्धका कथाहरु र जनयुद्धपछिका कथाहरु परेका छन् । प्रकाशित कृतिका हिसाबले साहित्यकार दुःखीको यो पाँचौं कृति हो। सास्कृतिकर्मी एवम्स मार्क्सवादे चिन्तक दु:खीका यसभन्दा पहिले परिभाषा (कवितासंग्रह २०६१ ) जुन पस्किने यात्रामा (कवितासंग्रह २०६५) युद्धका कथाहरु ( कथा संग्रह २०६९) र स्मृतिका कुइनेटा (संस्मरण संग्रह २०७० ) प्रकाशित भइसकेका छन् । भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यस पुस्तकको मूल्य रु ४०० रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ