Comments Add Comment

भारत र पाकिस्तानबीच युद्धविराम, दुवै देशले गरे घोषणा

काठमाण्डौं। भारत र पाकिस्तानबीच युद्धविराम भएको छ । भारत र पाकिस्तान दुवै मुलुकले युद्धविराम तत्काल लागू भएको घोषणा गरेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराममा सहमति भएको जानकारी दिएका थिए । पाकिस्तानी विदेशमन्त्री इशाक डारले एक ट्वीट गर्दै युद्धविराम भएको घोषणा गरेका छन् ।

उता भारतीय विदेशसचिव विक्रम मिस्रीले पनि पत्रकार सम्मेलन गरी युद्धविराम भएको घोषणा गरेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले रातभरको वार्ताबाट युद्धविराममा सहमति भएको बताएका थिए । शनिबारै अमेरिकी विदेशमन्त्रीले भारतीय र पाकिस्तानी विदेशमन्त्री तथा पाकिस्तानी सेना प्रमुखसँग फोनमा वार्ता गरेका थिए ।

काश्मिरको पहलगाममा एक जना नेपालीसहित २६ जनाको आतंकवादीले हत्या गरेपछि भारतले त्यसको दोष पाकिस्तानमाथि लगाउँदै मिसाइल आक्रमण गरेको थियो । भारतले आक्रमण गरेको तेस्रो दिन पाकिस्तानले पनि जवाफी आक्रमण गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ