Comments Add Comment

वीरेन्द्रनगरबाट प्रचण्डले भने: नयाँ क्रान्तिको नेतृत्व गर्ने चाहना छ

काठमाण्डौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा फेरि एउटा नयाँ क्रान्तिको नेतृत्व गर्न चाहेको बताएका छन्।

सोमबार वीरेन्द्रनगरमा आयोजित वाइसिएल नेपालको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, 'जनताको गणतन्त्र बनाउनका लागि फेरि एउटा नयाँ क्रान्तिको आवश्यकता छ । समाजवादी क्रान्तिका लागि सङ्घर्ष गर्नुपर्ने छ।'

’माओवादीले क्रान्ति गरेर ल्याएको गणतन्त्रको निर्वाचन प्रणाली लुटेरा भएको टिप्पणी प्रचण्डको छ । ‘यो लुटेरा प्रणाली भयो, एउटै उम्मेदवारले करोडौँ खर्च गर्नुपर्ने अवस्था भयो,’ उनले भने, ‘यो परिवर्तन गर्न आवश्यक छ। हामी संविधान संशोधनको पक्षमा छौँ । राजनीतिक स्थायित्व र अर्थतन्त्र कायम गर्नका लागि आवश्यक छ ।’

साथै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि संविधान संशोधन हुनुपर्नेमा उनले जोड दिए।

गणतन्त्रलाई जनताको गणतन्त्र बनाउन सङ्घर्ष गर्नुपर्ने प्रचण्डले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ