Comments Add Comment

नीति तथा कार्यक्रम: देशको वर्तमान आवश्यकता सम्बोधन गर्न असमर्थ

काठमाण्डौ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकका दुई ठूला र फरक विचारधारा रहेका दलहरू सम्मिलित भई बनेको सरकारले नीति तथा कार्यक्रम गुणात्मक ल्याउछ की भनी अपेक्षा गरिए पनि त्यसो नभई निरन्तरतामा आधारित भएर नीति तथा कार्यक्रम आएको प्रतिक्रिया दिएका छन् । नेता भट्टराइले भने, “नीति तथा कार्यक्रममा आउन त सबै कुराहरू आएको छ, तर परम्परागत सुधारात्मक ढङ्गले मात्र आयो । देशको आवश्यकतालाई सम्बोधन गर्ने खालको, सुशासन र आर्थिक क्षेत्रमा गुणात्मक महत्वको परिवर्तनसहित आउछ की भन्ने अपेक्षा थियो, मैले त्यो पाइँन ।” ती सुधारात्मक कदमले हालको चुनौती सम्बोधन गर्न नसक्ने बताउँदै पूर्वप्रधानमन्त्री डा भट्टराईले नीति तथा कार्यक्रममा सबै विषय समेटिएर प्राथमिकीकरण नभएका कारण कार्यान्वयनमा अलमल हुने बताए । उनले भने, “नीति तथा कार्यक्रम सामान्य रूपमा पास अङ्क ल्याउने भएपनि उच्चतम अङ्क प्राप्त गर्न नसक्ने खालको छ, यसले मुलुकको विकास, समृद्धी एवम् आमूल परिवर्तनमा खास योगदान गर्न सक्दैन ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ