Comments Add Comment

फेरि राजमार्ग यात्रामा निस्कदै माओवादी

काठमाण्डौं। प्रतिपक्षमा पुगेपछि विभिन्न अभियान चलाएको नेकपा माओवादी केन्द्रले फेरि अर्को राजमार्ग केन्द्रित यात्रा गर्ने भएको छ। यसअघि हुलाकी मार्गकन्द्रित अभियान चलाएको माओवादीले अब ‘मध्य पहाडी लोकमार्ग अभियान’ गर्ने घोषणा गरेको छ। अभियानको थालनी आगामी जेठ २ मा बाट गर्ने जनाएको छ। आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले ‘मध्य पहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो। सो अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकोले माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्र कै अभियान बन्न पुगेको पनि माओवादीले जनाएको छ। नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाका अनुसार पहिलो चरणको हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान सोचेभन्दा बढी उपलब्धिपूर्ण भएको निष्कर्ष निकालेको छ। पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले तराई मधेस हुलाकी मार्ग, मध्य पहाडी लोकमार्गमा अभियान चलाउने निर्णय गरेको थियो ।फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित अभियान वैशाख १७ कञ्चनपुरमा पुगेर सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ