Comments Add Comment

नाइटक्लबको छत खस्दा ६६ को मृत्यु, १५० बढि घाइते

काठमाण्डौ । अफ्रिकन देश डोमिनिकन रिपब्लिकको राजधानी सान्तो डोमिङ्गोस्थित जेट सेट नाइट क्लबको छत खस्दा कम्तीमा ६६ जनाको मृत्यु भएका छन् भने १५० भन्दा बढी घाइते भएका छन् ।

प्रसिद्ध डोमिनिकन मेरेंग गायक रुबी पेरेज स्टेजमा प्रदर्शन गरिरहेका वेला अचानक अँध्यारो भयो र त्यही समयमा क्लबको छत खस्न थाल्यो । घटना हुँदा क्लबमा झन्डै एक हजार जनासम्म मानिस थिए।

आपतकालीन अपरेसन केन्द्र (सीओई) का निर्देशक जोआन मैनुअल मन्डेजले घटनामा ६६ जनाको मृत्यु भएको पुष्टि गरे। धेरै मानिस भग्नावशेषमा पुरिएकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। मेन्डेजले भत्केको छतमुनि पुरिएका धेरैजसो अझै जीवित रहेकोमा आशावादी रहेको बताए।

घटनामा प्रान्तीय गभर्नर र पूर्व मेजर ५१ वर्षीय लिग बेसबल पिचर अक्टाभियो डोटेल पनि थिए। भग्नावशेषबाट निकालिएपछि अस्पताल लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भयो।

स्थानीय मिडियाले घटनास्थलमा निर्माण क्रेन प्रयोग गरिरहेको र उद्धारकर्मीहरूले मलबा हटाएर जीवित व्यक्तिहरूलाई खोज्ने कार्यमा केन्द्रित भएको उल्लेख गरेका छन्।

राष्ट्रपति लुइस अबिनाडेरले उद्धार कार्यलाई प्राथमिकता दिन घटनास्थलको अनुगमन गरेका छन्। राष्ट्रपति अबिनाडेरले सरकार उद्धार कार्यको निरन्तर अनुगमन गरिरहेको र सबै राहत एजेन्सीहरूले घाइतेहरूको मद्दतमा जुटेको बताएका छन् ।

(एजेन्सीको सहयोगमा)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ