Comments Add Comment

वरिष्ठ पत्रकार एवम् लेखक भैरव रिसालको निधन

काठमाडौं । बरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । 

मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका ९७ बर्षका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

वरिष्ठ पत्रकार रिसालले मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए । सोहि अनुसार परिवारले उनको पार्थिव शरीर पाटन अस्पताललाई हस्तान्तरण गरिएको उनका भाइ पुरु रिसालले जानकारी दिए ।  


भैरव रिसालको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । वरिष्ठ पत्रकार रिसालले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गरेका थिए । राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए । लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित वरिष्ठ पत्रकार रिसालले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा काम गरेका थिए।
वरिष्ट पत्रकार रिसालका श्रीमती, दुई छोरा र दुई छोरी छन् । रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन् ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ