Comments Add Comment

प्रज्ञा पुरस्कार घोषणा: दस लेखक-साहित्यकारलाई दस लाख !

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले दश जना स्रष्टालाई जनही एक/एक लाख रुपैयाँको पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। यस वर्षको विभिन्न विधाका प्रज्ञा पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत बिहिबार सार्वजनिक गरेको हो।
प्रतिष्ठानका सदस्य-सचिव डा धनप्रसाद सुवेदीका अनुसार प्रज्ञा भाषा पुरस्कार, २०८१ चूडामणि रेग्मीलाई प्रदान गरिने छ।

यस्तै, प्रज्ञा सामाजिकशास्त्र पुरस्कार, २०८१– दिल साहनी, प्रज्ञा संस्कृति पुरस्कार, २०८१– डिक बान्तावा, प्रज्ञा बालसाहित्य पुरस्कार, २०८१– शारदारमण नेपाल, प्रज्ञा साहित्य पुरस्कार (पद्य) २०८१–जसराज किराँती, प्रज्ञा साहित्य पुरस्कार (गद्य) २०८१– कृष्ण धरावासी, प्रज्ञा समालोचना पुरस्कार, २०८१– डा. सुधा त्रिपाठी, प्रज्ञा दर्शन पुरस्कार, २०८१– गोपिरमण उपाध्याय, प्रज्ञा अनुवाद पुरस्कार, २०८१– बलराम अधिकारी तथा प्रज्ञा अन्तर्देशीय पुरस्कार, २०८१– भविलाल लामिछाने (भारत) लाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रत्येक वर्ष प्रदान गरिने पुरस्कारको राशि जनही रु १ एकलाख रहेको छ।

मातृभाषा साहित्य पुरस्कार, २०८१ (पहाडी र हिमाली क्षेत्र) तर्फ गणेश वाम्बुले राई र मातृभाषा साहित्य पुरस्कार, २०८१ (राई र मधेश क्षेत्र) बाट कमलसिं रानालाई यसअघि नै अन्तर्राष्ट्रिय मातृभाषा दिवस, सन् २०२५ का अवसरमा प्रदान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ