काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८२ अङ्कले बढेर २ हजार ६ सय ९३ दशमलव १२ विन्दुमा पुगेको हो ।
आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, लगानी, अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
जोशी हाइडज्ञोपावर, दोर्दीखोला जलविद्युत्, कुमारी सबल योजना, तेह्रथुम पावर कम्पनी र गुँरास लघुवित्तको सेयर मूल्य बढ्यो । प्रभु स्मार्ट फन्ड, सामुदायिक लघुवित्त, कुथेली बुखारी स्मल हाइड्रोपावर, सयपत्री हाइड्रोपावर र बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य घट्यो ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार ५ अर्ब २२ करोडको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ७ अर्ब ५६ करोड रुपैयाँमा किनबेच भएको छ ।
