काठमाडौँ। प्रगतिशील लेखक संघ नेपाल कोशी प्रदेशको तेस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले साहित्यकार विन्दु दाहाल 'मूकदर्शक'को अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा दिनेश थापा, शान्ति पाख्रिन (महिला उपाध्यक्ष), रविन कोर्काली सचिव, कमल भट्टराई सह-सचिव र डिल्लीराम परदेशी कोषाध्यक्ष चयन भएका छन् । त्यसै गरी कार्यसमितिको सदस्यमा अमिर बास्कोटा, धनबहादुर खड्का, दिलिप घिमिरे, टीका मिलन, राजेद्र खत्री , उर्मिला शर्मा रिजाल, ज्ञानु वुढाथोकी, हीरा खड्का, यज्ञ परिश्रमी, चन्द्रनारायण चौधरी, रोशन खुलाल, राम लम्साल, मनिषा आचार्य, विवश बलिभद्र कोइराला छन् ।
सम्मेलनले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित समितिलाई पद तथा गोपनियताको सपथ प्रमुख अतिथी प्रलेसका केन्द्रीय उपाध्यक्ष नमुना शर्माले गराइकी थिइन् भने सम्मेलनको अध्यक्षता प्रलेस कोशी प्रदेश अध्यक्ष तिला लेकालीले गरेकी थिईन् । स्रस्टाहरूको रचनावाचन सहित चैत्र १६ गते शनिबारका दिन सम्मेलन सम्पन्न भएको हो ।
