Comments Add Comment

ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको सेट नै परिवर्तन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल ९एपीएफ० को सेट नै परिवर्तन गरिएको छ । डीएसपी जगदिश हमालको कमाण्डमा रहेको सेट परिवर्तन गरेर प्रमोद प्रकाश पाठक नेतृत्वको टोली शाहको सुरक्षामा खटाइएको गृह मन्त्रालय सम्वद्द एक स्रोतले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि सशस्त्र प्रहरीका १६ जना सुरक्षाकर्मी खटिएका थिए ।

भीभीआईपीलाई राज्यले उपलब्ध गराउँदै आएको सेवासुविधा अनुसार खटिएको टोली शनिवार राजधानीमा आयोजित राजावादी आन्दोलनपछि बदलिएको हो। शान्तिपूर्ण आन्दोलनको नाम दिइएपनि हिंसा, तोडफोड, आगजनीमा परिणत भएपछि पूर्वराजा शाहलाई दिइएको सुरक्षा टोलीको सेट नै बदलिएको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ