Comments Add Comment

अदालतमा हाजिर भए रवीन्द्र मिश्र

काठमाण्डौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा हाजिर भएका छन्।  

मंगलबार बिहान उनी काठमाडौं जिल्ला अदालतमा हाजिर भएका अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार न्यायाधीश तारादेवी महर्जनको इजलासमा आजै मिश्रको बयान र थुनछेक हुनेछ।

‘उहाँ हाजिर भएर अहिले बयान र थुनछेक हुँदैछ,’ सूचना अधिकारी श्रेष्ठले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ