Comments Add Comment

 शिक्षण संस्थाभित्र तालाबन्दी गरेको छैन : नेविसंघ

काठमाण्डौं। नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा आफ्नो संगठनले तालाबन्दी नगरेको जनाएको छ।  

नेविसंघ प्रवक्ता सुरज सेजुवालले एक विज्ञप्ति जारी गर्दै त्रिवि उपकुलपति, रेक्टर, रजिष्ट्रार, सेवा आयोग लगायत विभिन्न कार्यालय एवं पदाधिकारीको कार्यकक्षहरूमा नेविसंघले ताला नलगाएको प्रस्ट पारेका हुन्।

नेविसंघले तालाबन्दी गरेको भनी विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा आधारहीन, भ्रामक र मिथ्या सूचना सम्प्रेषण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाए।

आन्दोलनको स्वरूपलाई समयानुकूल र सुसंस्कृत बनाउन शिक्षण संस्थाभित्र कुनै पनि प्रकारको तालाबन्दी नगर्ने स्पष्ट र संस्थागत निर्णय नेविसंघ रहेको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ