Comments Add Comment

कांग्रेस केन्द्रीय समिति बैठक असार १५ मा

काठमाण्डौं। सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार १५ मा बस्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी बैठक असार १५ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिए।

उनले अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीति छलफल हुनेछ। कांग्रेसले असार १५ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित हुनका लागि पार्टीका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ। 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ