Comments Add Comment

प्रगतिशील लेखक संघ नेपालको कर्णालीको अध्यक्षमा पुन: युद्धविक्रम

काठमाडौँ । प्रगतिशील लेखक संघ, नेपालको कर्णालीको तेस्रो प्रदेश सम्मेलन, जिल्ला शाखा सुर्खेतको १५औँ जिल्ला सम्मेलन संयुक्तरुपमा  सम्पन्न भएको छ । शुक्रबार कर्णाली प्रदेशको केन्द्र वीरेन्द्रनगरमा सम्मेलन सम्पन्न भएको हो ।

प्रमुख अतिथि प्रलेस केन्द्रीय अध्यक्ष डा.मधुसूदन गिरीले माक्र्सवादी साहित्यकारले द्वन्द्वबाट डराउनु नहुने र वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । समाज रुपान्तरण गर्ने युवालाई सशक्त बनाउनेतर्फ अग्रगामी सोच राख्नुपर्ने र विकृति विसङ्गतिविरुद्ध एकजुट हुनुपर्ने र सृजना पनि त्यस्तै खालको गर्नुपर्ने आवश्यकतामा जोड दिनु भयो  । महेन्द्रप्रसाद गिरीले इतिहासमा नाम राख्न असल र जनपक्षीय काम गर्नुपर्ने, समाजको न्यायिक रुपान्तरण हुनुपर्ने, जनताको आवाज र आकाङ्क्क्षा बुझेर मात्रै राजनीति गर्नुपर्ने सिद्धान्त माक्र्सवादी सिद्धान्त भएकोले यसको पालना गर्नु माक्र्सवादीको दायित्व भएको बताउनुभयो ।

प्रलेस नेपालका पूर्व केन्द्रीय सचिव तथा नेकपा माओवादी पार्टी प्रतिनिधी गणेश भण्डारी, वामविचारक तथा  जनमोर्चा पार्टी प्रतिनिधि विष्णु शर्मा, प्रलेस नेपालका केन्द्रीय सदस्य डा.दीपक गौतम, भेरी साहित्य समाजका अध्यक्ष थानेश्वर लामिछाने लगायतले सम्मेलन सफलताको शुभकामना दिनु भएको थियो । सम्मेलनमा सहभागी प्रमुख अतिथि, अतिथि एवम् सहभागीलाई जिल्ला सदस्य निरन्जननाथ योगीले शब्दमार्फत स्वागत गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता कर्णली प्रदेशका अध्यक्ष युद्धविक्रम शाहीले गर्नुभएको  थियो भने कार्यक्रको सञ्चालन सुर्खेत जिल्ला अध्यक्ष जागेश्वर नेपालले गर्नुभ एको थियो ।

सम्मेलनले कर्णाली प्रदेशको समितिमा पुनः युद्धविक्रम शाहीको नेतृत्वमा २१ सदस्यीय समिति चयन गरेको छ । कार्य समितिको उपाध्यक्षमा जागेश्वर नेपाल,  महिला उपाध्यक्षमा मनीषा चन्द, सचिवमा हरिलाल महतारा र कोषाध्यक्षमा मायाराम न्यौपाने  चयन हुनु भएको छ । 

त्यतै गरी प्रगतिशील लेखक संघ नेपाल सुर्खेतको १५औँ जिल्ला सम्मेलनले कोकिला सिंहको नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । कार्यसमितिको उपाध्यक्ष सिद्धबहादुर खड्का, सचिव निरञ्जन नाथ योगि, सहसचिव शोसलजा मल्ल, कोषाध्यक्ष सर्जन सिंह चयन हुनुभएको छ । सदस्यमा हरीबहादुर शाही, लक्ष्मणदेव गिरी, कविता महतारा, भक्तबहादुर सुनार, खड्ग विक र पर्व कार्की रहेका छन् ।

सम्मेलन सम्पन्न गर्नका लागि सुर्खेतका पूर्व अध्यक्ष टीकाप्रसाद पोखरेलको संयोजकत्वमा पूर्णबहादुर शाही र नारायणप्रसाद न्यौपाने सदस्य रहेको तीन सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ