Comments Add Comment

लहान नगरपालिकाले ल्यायो एक अर्ब ६७ करोडको बजेट

सिरहा। यहाँको लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि एक अर्ब ६७ करोड ९५ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ। नगरप्रमुख महेशप्रसाद चौधरीले शुक्रबार नगरसभाको १६औँ अधिवेशनमा प्रस्तुत चालुतर्फ ७९ करोड ४० लाख अर्थात ४७।२८ प्रतिशत र पुँजीगततर्फ ८८ करोड ५५ लाख २८ हजार अर्थात कूल बजेटको ५२।७२ प्रतिशतको बजेट प्रस्तुत गरेका हुन्।

यसअन्तर्गत शिक्षातर्फ २३ करोड ५८ लाख रुपैयाँ, स्वास्थ्यतर्फ २७ करोड ९३ लाख  रुपैयाँ, कृषितर्फ आठ करोड ६६ लाख  रुपैयाँ र पूर्वाधारतर्फ ५० करोड  रुपैयाँ विनियोजन गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए।  नगरपालिकाको आन्तरिक आय २५ करोड रुपैयाँ हुने अनुमान गरिएको छ। सार्वजनिक नीति तथा कार्यक्रम र बजेटमा नगरप्रमुख महेशप्रसाद चौधरीले ‘हाम्रो लहान–सुन्दर, समुन्नत र सभ्य लहान’ निर्माणको नारालाई मूलमन्त्रका रूपमा अगाडि सारिएको बताए। 

नगरप्रमुख चौधरीले आफू निर्वाचित भए यता विगत तीन वर्षमा पूर्वाधार एवं सहरी विकास, कृषि तथा सिँचाइ, शिक्षा तथा स्वास्थ्य, पर्यटन तथा रोजगार र लागुपदार्थ दुर्व्यसन विरुद्ध विशेष फड्को मारेको जिकिर गरे। उनले आगामी बाँकी दुई वर्षे कार्यकालमा थप तथा नवीनतम कार्यहरु गर्ने लक्ष्य राखी आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्‍याउन स्थानीय उत्पादनलाई बढावा दिनेगरी बजेटमा समेटिएको जानकारी दिए। 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ