विराटनगर । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई चलाइएको भ्रष्टाचार मुद्दामा सरकारले प्रतिशोध साँध्यो भन्नुको कुनै अर्थ नभएको बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वायत्त निकाय भएको भन्दै मुद्दा चलाउने विषयमा सरकारसँग कुनै साइनो नभएको बताए ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री गुरुङले भने, संविधानले अख्तियार अनुसन्धान आयोगलाई दिएको भूमिका निभाएको हो । यसमा सरकार जोड्नु पर्ने कुनै कारण छैन ।
उनले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हस्तक्षेप गर्ने काम नगरेको बताए । उनले भ्रष्टाचारको फाइल खोल्ने नखोल्ने कारबाही अगाडि बढाउने नबढाउने अयोगको काम भएको बताए ।
