Comments Add Comment

अनेकपाको पोलिटव्यूरो बैठक सम्पन्न, मुकुन्द आचार्यलाई प्रवक्ताको जिम्मेवारी

काठमाडौँ । अखिल नेपाल कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठक सम्पन्न भएको छ । फागुन २७ गते भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष नारायण शर्माको अध्यक्षतामा बसेर गरेका महत्त्वपूर्ण निर्णयहरू पार्टीका महासचिव लक्ष्मण उप्रेतीले प्रेस वक्तव्य मार्फत सार्वजानिक गरेका छन् ।

बैठकले पार्टीको साङ्गठानिक अवस्था सुदृढ गर्न, बिस्तार गर्न तथा देशको गम्भीर र संवेदनशील राजनैतिक अवस्थाको वारेमा छलफल गरी महत्त्वपूर्ण निर्णयहरू लिइएको बताइएको छ। वक्तव्यमा देशको आजको संगीन मोडमा सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरूलाई एकीकृत र ध्रुवीकृत हुन, गणतान्त्रिक शक्ति र ब्यक्तिलाई संयुक्त र सशक्त जनाआन्दोलन गर्न आह्वान समेत गरेको छ। न्याय,समानता, स्वतन्त्रता, मुक्तिको लागि नेपाल र बिश्वभरीकै सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरुको सपना साकार पार्न प्रतिवद्वता र कटिबद्धताका साथ अधि बढ्ने प्रण-प्रतिज्ञा गर्दै सम्पूर्ण सहिद तथा बेपत्ता योद्धाहरु प्रती भावपूर्ण श्रद्धाञ्जली र घाइते-अपांग योद्धाहरूप्रति उच्च सम्मान ब्यक्त गर्दै बैठक शुरु गरिएको बक्तब्यमा उल्लेख छ।


पार्टीको नीति र गतिविधिलाई स्थापित गर्नका लागि पार्टी प्रवक्ताको आवश्यकता महसुस गरी पोलिट्ब्यूरो सदस्य मुकुन्द आचार्यलाई कार्यालयको वैकल्पिक सद्स्यमा मनोनित गर्दै पार्टी प्रवक्ताको जिम्मेवारी दिएको वक्तव्यमा जनाइएको छ।पार्टीको केन्द्रिय र स्थानीय कमिटीका सद्स्यको पार्टी सद्स्यता अध्यावधिक गर्ने, चैत्र महिनाको १५ गते भित्र प्रदेश ब्युरो समिती र जिल्ला समितिको बैठक सम्पन्न गरिसक्ने र वर्तमान देशको गम्भीर र संबेदनशील परिस्थितिमा देशका सम्पूर्ण सच्चा देशभक्त, लोकतन्त्रवादी, प्रगतिशील वामपन्थी र क्रान्तिकारी कम्युनिस्टहरूले तत्कालै एउटा सही र क्रान्तिकारी साझा वैकल्पिक कार्यनीति र कार्यक्रम तय गर्नु आवश्यक रहेको बक्तब्यमा बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ