Comments Add Comment

स्याङजामा स्कुटर ट्रकसँग ठोकियो, युवतीको मृत्यु

पोखरा। स्याङ्जामा स्कुटर ट्रकसँग ठोकिँदा एक जनाको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका १ कुभिण्डेमा भएको दुर्घटनामा गम्भीर घाइते भएकी युवतीको उपचारको क्रममा मृत्यु भएको हो। 

शुक्रबार बिहान स्याङ्जाबाट पोखरा आउँदै गरेको ना४ख ९३३१ नम्बरको ट्रकसँग सोही दिशातर्फ गुडिरहेको एएबी ०२४३ नम्बरको स्कुटर ठोकिएको थियो । 

दुर्घटनामा पुतलीबजार १३ लाम्पाटाकी २४ वर्षीय जीतमाया थापाको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ