Comments Add Comment

बेपत्ता बालिकाको शव त्रिशुली किनारमा फेला

काठमाण्डौं । तनहुँको त्रिशूली नदीमा माछा मार्ने क्रममा बेपत्ता भएकी एक बालिकाको शव चितवनको नारायणी नदीकिनारमा फेला परेको छ । 

देवघाट गापा–५ पीपलटारस्थित त्रिशूली नदीमा बिहीबार माछा मार्ने क्रममा बेपत्ता भएकी ११ की शृष्टि गुरुङको शव शनिबार भरतपुर महानगर–१ पोखरा बसपार्कको गौरेश्वर मन्दिर पछाडि नारायणी नदीमा फेला परेको हो । 

उनका काका नरबिक गुरुङले सनाखत गरेपछि बालिकाको शव पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ