काठमाण्डौं। गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठाउँदै सदन अवरोध गरिरहेका प्रतिपक्षीसँग छलफल गर्न सभामुख देवराज घिमिरेले बैठक डाकेका छन्। उनले आज ११ बजे सभामुख निवासमा दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्न लागेका हुन्।
सभामुखले बजेटमाथिको समय निर्धारण र आगामी संसदको क्यालेन्डर निर्माणका विषयमा पनि छलफल राख्ने सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए। आजै १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाइएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको भन्दै प्रतिपक्षी दलहरूले छानबिनको माग राखेका छन्। बजेट प्रस्तुत गर्न दिए पनि अब सदन अवरुद्ध हुने जनाएका छन्।
