नेपाल एसबिआई बैंक लिमिटेडका प्रमुख संचालन अधिकृत विकास आनन्दलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको छ।
आनन्दले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको साथसाथै प्रमुख संचालन अधिकृतको जिम्मेवारी बहन गर्नेछन्।
आनन्द बैंकिङ क्षेत्रमा लामो अनुभव बटुलेका एक कुशल व्यवस्थापकका रूपमा परिचित छन्। बैंकको दिगो विकास र सेवा विस्तारमा उनको योगदान उल्लेखनीय रहँदै आएको छ।
नेपाल एसबिआई बैंक लि.ले विगत ३१ वर्षदेखि नेपालमा सफलतापूर्वक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। हाल बैंकका देशभर १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम तथा १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।
आनन्दलाई जेठ १३ गतेदेखि लागू हुने गरी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो ।
