Comments Add Comment

प्रतिनिधिसभा बैठकमा आज हुँदैछ ४ मन्त्रीसँग सवालजवाफ

काठमाण्डौं। संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। 

बैठकमा मन्त्रालयगत प्रश्नोत्तरको कार्यक्रम रहेको छ । गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिर्ने कार्यसूची रहेको छ। 

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । 

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले ‘पूर्वाधार विकास समितिको प्रतिवेदनसहित जलस्रोत विधेयक, २०८१ ’ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन् । 

मन्त्री खड्काले ‘जलस्रोत विधेयक, २०८१’ पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ