मुक्तक
साना तिना कुरामा अल्झियौ भने।
आफैले आफैलाई धोका दियौ भने।
अलपत्र पर्ने छौ है तिमी यसरी त
बाटो भुल्यौ गन्तव्य बिर्सियौ भने।
मुक्तक
तिम्रो छुट्टै अनि मेरो छुट्टै संसार छ।
एउटाको विकल्पमा अरू हजार छ।
कसैलाई पनि केहिको बलजस्ती छैन
जीवन आफ्नै सुरले जिउने अधिकार छ।
मुक्तक
मिठा मिठा बात गरि मनमा बस्न पर्दैन।
टुटेर जान्छ भने त्यो नाता कस्न पर्दैन।
मुखमा राम राम बगलीमा छुरा लिएर
कोही कसैले पनि चेपारो घस्न पर्दैन।
