Comments Add Comment

साँढेको जुधाइमा परेर एकको मृत्यु

काठमाण्डौं। धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढेको जुधाइमा परेर एक जनाको मृत्यु भएको छ।

मधेश प्र ०२–००७ प ९२६६ नं को स्कुटर चढेर गइरहेका बेला उपमहानगर—६ स्थित पेठियाबजारबाट प्रादेशिक अस्पताल जानेबाटोमा जुधिरहेका साँढेसँग ठोक्किँदा घाइते भएका वडा नं ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो। 
 
उनलाई जानकी हेल्थ केयरमा उपचारका लगिएकामा चिकित्सकले मृत घोषणा गरेका धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ