Comments Add Comment

माओवादी पदाधिकारी बैठक जारी, नेसपासँग एकताबारे छलफल

काठमाण्डौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक शुरु भएको हो।

गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताबारे निर्णय लिन, पार्टीले चलाइरहेको अभियानको समीक्षा र समसामयिक राजनीतिबारे छलफल गर्न बैठक बसेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए।

स्रोतका अनुसार पार्टीमा एकता प्रकृयापछी कस्को जिम्मेवारी के हुने भन्ने सामान्य खाका तय गर्न पदाधिकारी बैठक राखिएको हो ।

सोमबार बिहान साढे ११ बजे ललितपुरको ग्वार्कोस्थित एक ब्याङ्क्वेटमा माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता घोषणा कार्यक्रम तय भएको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ