Comments Add Comment

सुर्खेतको अमर ज्योति माविमा हेडसर एवम् हेडमिसको भेला !

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका माध्यमिक तहका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठक  जेठ १० गते अमर ज्योति नमुना मावि नेवारेमा बसी प्रधानाध्यापक सन्जाल  वीरेन्द्रनगर कार्यसमिति प्रधान अध्यापक याम बहादुर श्रेष्ठको अध्यक्षतामा पुनर्गठन गरियो ।
पुनर्गठित कार्यसमितिमा उपाध्यक्ष  अमरज्योतिका प्रअ खगेन्द्र थापा, अर्थसचिव तेजकुमारी चपाई, सचिव पुर्णप्रसाद पौडेल हुनुहुन्छ ।

कार्यसमितिको सदस्यहरुमा नवराज घिमिरे, गणेश ढकाल, भक्तबहादुर शाही, राजकुमार सापकोटा र इन्द्रा हमाल चयन हुनुभयको छ ।

यस अवसरमा निवृत  प्रअ तथा प्रधानाध्यापक सन्जाल वीरेन्द्रनगरका  अध्यक्ष   नेत्रमणि चालिसेलाई सफल कार्यकालका लागि आभार सहित धन्यवाद दिदै बांँकी निवृत्त जीबनका लागि बैठकले  शुभकामना  ब्यक्त गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ