Comments Add Comment

राजनीतिमा सक्रिय बन्ने तरखरमा रहेकी विद्या भण्डारी चीन जाँदै

काठमाण्डौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छन्। चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी जेठ १० गते चीन भ्रमणमा जान लागेकी हुन्।

पूर्वराष्ट्रपति भण्डारीसँग नेकपा एमालेका केही नेताहरू पनि रहनेछन्। भ्रमणको कार्यतालिका नबनिसकेकोले भ्रमणमा को-को नेता सहभागी हुने निश्चित भइसकेको छैन।

एमालेका एक नेताले दिएको जानकारीअनुसार पूर्वराष्ट्रपति भण्डारी र केही नेताहरू जेठ १० गते चीनको बेइजिङका लागि प्रस्थान गर्ने कार्यक्रम तय भएको हो ।

पूर्वराष्ट्रपति भण्डारी चीनमा एक साता रहनेछिन्। त्यसक्रममा उनले केही राजनीतिक भेटघाटसमेत गर्ने बताईएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ