Comments Add Comment

कम्बोडियामा अलपत्र दुईजना नेपालीको उद्धार

काठमाण्डौं। लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली नागरिकलाई नेपाली राजदूतावास थाइल्यान्डले उद्धार गरी स्वदेश फर्काएको छ। शुक्रबार स्वदेश फर्कनेमा एक महिला र एक पुरुष छन्।

सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा  बैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले सम्बन्धित सबैमा पुनःअनुरोध गरेको छ। 

दूतावासले आमसञ्चारमाध्यम तथा नागरिक समाजलाई समेत यो सन्देश प्रवाह गरी सहयोग गरिदिन आग्रह गरेको छ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ