Comments Add Comment

देउवाविरुद्ध लेखेको आरोपमा पक्राउ सुजितलाई छोड्न आदेश

काठमाण्डौं। सामाजिक सन्जालमा लेखेकै आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का युवा सङ्गठनका संयोजक सुजित केसीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

बुधवार न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले केसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै हिरासत मुक्त गर्न आदेश दिएको हो। उनले कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए।

केसीको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइको लागि मङ्गलबार पेसी तोकिएको थियो । तर, रवि लामिछाने बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइमा समय सकिएपछि केसीको रिट हेर्न नभ्याइनेमा पुगेपछी आज (बुधबार) सुनुवाइ भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ