Comments Add Comment

बढ्यो सुनको भाउ

 काठमाण्डौं। नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला दुई हजार पाँच सय  रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला नौ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९५ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यसदिन चाँदी प्रतितोला दुई हजार दुई सय २५ रूपैयाँ कायम रहेको छ। 

मंगलबार चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ६० रूपैयाँमा किनबेच भएको थियो।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ बढेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ