काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार अनुसन्धान आयोगद्वारा खटिएको प्रहरीले पक्राउ गरेको छ । उनलाई बुधाबार केही समय अघिमात्रै प्रहरीले नियन्त्रणमा लिएको हो ।
हिजो बेलुकीमात्रै सरुवा भएर गृह मन्त्रालय पुगेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत भट्टराईलाई पक्राउ गरिए पनि अख्तियार स्रोतले अहिलेसम्म केही खुलाएको छैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही समय अघिमात्रै विमानस्थल अध्यागमनमा छापा मारेको र आवश्यक अनुसन्धानका लागि भट्टराईलाई समेत नियन्त्रणमा लिएको बुझिएको छ ।
विमानस्थलबाट विवादास्पद गतिविधिमा संलग्न भएकै अभियोगमा भट्टराईलाई गृहमा तानिएको स्रोतले बताए पनि थप विवरण भने खुल्न बाँकी छ ।
