Comments Add Comment

दस महिनामा १४ खर्ब ७४ अर्ब बराबरको वस्तु आयात

काठमाण्डौं। १० महिनामा १४ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको छ। चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म)मा विभिन्न मुलुकबाट १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको हो।

गत आर्थिक वर्षको सोही अवधिमा भने १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको मात्रै वस्तु आयात भएको थियो । गत वर्षको तुलनामा यस वर्षको १३.११ प्रतिशतले बढी हो।

आयातसँगै नेपालको निर्यातमा पनि उल्लेख्य वृद्धि भएको देखिएको छ । चालु आर्थिक वर्षको वैशाखसम्ममा नेपालबाट २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने नेपालबाट १ खर्ब २६ अर्ब रुपैयाँ बराबरको मात्रै निर्यात भएको थियो जुन यस वर्षको तुलनामा ७२.७१ प्रतिशतले कम हो।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार दश महिनाको नेपालको व्यापार घाटा ६.७२ प्रतिशतले बढेर १२ खर्ब ५६ अर्ब २७ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा भने यस्तो व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ थियो । यस अवधिमा नेपालको वैदेशिक व्यापार घाटा भने १८.३७ प्रतिशतले बढेको छ । चालु आवको दश महिनासम्म नेपालका वैदेशिक व्यापार घाटा १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ छ ।

गत आर्थिक वर्षको सोही अवधिमा भने नेपालको यस्तो वैदेशिक व्यापार घाटा १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ थियो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ