Comments Add Comment

सांसद कुसारीले समिति सभापतिलाई किन प्रहार गरिन् माइक ?

काठमाण्डौं। संसदीय समितिका सभापतिमाथि एक सांसदले माइक प्रहार गरेकी छन्। नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहमाथि बैठकका क्रममा आक्रोशित हुँदै माइक र नेमप्लेट प्रहार गरेकी हुन् ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबारको बैठकमा कुसारी ढिला उपस्थित भएकी थिइन् । सभापति साहले ढिला आएको र अनुमति नलिइ बोल्न थालेको भनेपछि दुईबीच भनाभन भएको थियो। विवाद चर्किएपछि कुसारीले माइक र नेमप्लेट प्रहार गरेकी हुन्।

कुसारीले सभापति साहमाथि अनुगमनमा महिला सांसदलाई उपेक्षा गर्ने, आफै संयोजक भएर जानुका साथै आफ्ना छोरालाई स्वकीय सचिव बनाएर घुमाउने, खर्च विवरणमा पारदर्शिता नराख्ने आरोप लगाइन्। उनले सभापति साहप्रति समितिका धेरै सदस्य असन्तुष्ट रहेको बताउँदै या त आफू समितिबाट बाहिरिने या साहलाई हटाउनुपर्ने माग राखेकी छन्।

सभापति साहले भने कुसारी बैठक टुंगिन लाग्दा अनावश्यक रूपमा आक्रोशित बनेको प्रतिक्रिया दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ