Comments Add Comment

नेपालमा पनि याङ्गोद्वारा राइड सेरिङ सेवा, पठाओ, इनड्राइभसित प्रतिष्पर्धा

काठमाण्डौ । नेपाली बजारमा एक नयाँ राइड सेरिङ प्लाटफर्म थपिएको छ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले नेपाली बजारमा पनि राइड सेरिङ सेवा शुरू गरेको हो । 

उपाय, दोस्ती, ई ड्राइभ नेपाललगायत नेपाली कम्पनीसँग मिलेर याङ्गोले मंगलबारदेखि काठमाडौंमा परीक्षण राइड सेवा सेवा शुरू गरेको जनाएको छ । नेपालमा यसअघि पठाओ र इन्ड्राइभलगायत दर्जन हाराहारी राइड सेरिङ कम्पनी सञ्चालनमा छन् । 
नेपाली राइड सेरिङ बजारको धेरैजसो हिस्सा ओगटेका पठाओ र इन्ड्राइभ दुवै विदेशी कम्पनी हुन् । याङ्गो पनि दुबई सम्वद्ध कम्पनी हो ।


याङ्गो राइडले यात्रुहरूलाई स्थानीय यातायात प्रदायकहरूसँग जोड्दै सेवा प्रदान गर्ने जनाएको छ । म्यापिङ, नेभिगेसन प्रणाली र स्मार्ट अर्डर वितरण एल्गोरिदमसहित प्रविधिहरू प्रयोग गरिएको एपले साझेदार चालकहरूलाई किफायती र यात्रुहरूको लागि सहज सेवा दिने याङ्गो राइडका प्रमुख व्यापार अधिकृत अदेनियी अदेबायोले बताए । 

याङ्गो राइडले स्थानीय साझेदार र यातायात प्रदायकलाई एपमार्फत् यात्रुलाई सेवा प्रदान गर्ने छ । यसले साझेदारहरूलाई उनीहरूको सेवा सञ्चालनमा डिजिटलाइज गर्दै दक्षता अभिवृद्धि गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ । 


याङ्गो राइडले स्थानीय ट्याक्सी व्यवसायीका लागि पारदर्शिता, दक्षता र मूल्य बढाउन डिजिटल लेखा प्रणाली, फ्लिट व्यवस्थापनलगायत कार्यहरू गर्ने दोस्ती राइड स्थानीय यातायात कम्पनीका संस्थापक उद्यमी जेनिश श्रेष्ठले बताए । 

याङ्गो राइडले प्रयोगकर्ताले राखेको गन्तव्य ठेगानाको आधारमा प्रत्येक यात्राको अनुमानित लागत स्वचालित रूपमा गणना गर्ने र हालका लागि नगदमा मात्र भुक्तानी गर्न सकिने छ । निकट भविष्यमा नै अनलाइन भुक्तानी प्रणाली पनि ल्याउने कम्पनीको योजना रहेको छ ।

राइड–हेलिङ सेवामा यात्रु वा चालकको सुरक्षा नै पहिलो प्राथमिकता भएको कम्पनीले जनाएको छ । यसका लागि कम्पनीले २० भन्दा बढी सेफ्टी फिचरसमेत ल्याएको बताएको छ । 

याङ्गो समूह एक अन्तर्राष्ट्रिय प्रविधि कम्पनी हो, जसले विश्वव्यापी रूपमा प्राप्त प्रविधिहरूलाई स्थानीय समुदायहरू अनुरूप दैनिक सेवाहरूमा रूपान्तरण गर्दछ । याङ्गो समूहले अफ्रिका, ल्याटिन अमेरिका, युरोप, मध्यपूर्व, दक्षिण एशियासहित ३० बढी देशमा गतिशीलता, डेलिभरी, फूडटेक, मनोरञ्जनलगायत डिजिटल सेवाहरू प्रदान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ