काठमाण्डौं। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आजका लागि तय भएको प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रतिनिधि सभाको कार्यसूचीबाट हटेको छ ।
‘प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा उपस्थित हुन नसक्ने सूचना आएको छ।
अब प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम कार्यसूचीबाट सभामुखले हटाउनुहुन्छ’, सभामुखको सचिवालयले भन्यो, ‘अरू कार्यसूची यथावत् रहन्छ ।’ प्रतिनिधि सभाको बैठक मंगलबार ११ बजे बस्दैछ ।
