काठमाण्डौं। साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट आएको छ। बिहीबार नेप्से परिसूचक ७.१५ अंकले घटेर २ हजार ६५७.३२ विन्दुमा बन्द भएको हो।
परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक छ । आज बजारमा २४८ कम्पनीका ३११ वटा स्क्रपिको १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ। आज बजारमा २ करोड ८६ लाख कित्ता शेयर कारोबार भएको छ ।
बजारमा आज १३ मध्ये चार समूहमा सुधार आएको छ । सबैभन्दा धेरै सुधार होटल क्षेत्रमा २।१४ प्रतिशतले भएको छ । विकास बैङ्क र ट्रेडिङमा १ प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ । आज नेप्से भन्दा ठुला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्समा धेरै गिरावट देखिएको छ ।
आज कारोबारमा आएका कम्पनीहरूमध्ये ९९ वटाको मूल्य बढेको छ भने १४९ वटाको मूल्य घटेको छ। आज प्योर इनर्जीको सेयर मूल्यमा ९।९९ प्रतिशतको सकारात्मक सर्किट लागेर सबैभन्दा धेरै कमाउने कम्पनी बन्यो । आज गुराँस लघुवित्त ९।९० प्रतिशत गिरावटसहित सबैभन्दा धेरै गुमाउने कम्पनी बनेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बिमा कम्पनी १ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै शीर्ष स्थानमा रह्यो।
