Comments Add Comment

तनहुमा घाँस काट्दाकाट्दै दुई महिलाको गयो ज्यान !

तनहुँ । ऋषिङ गाउँपालिका–३ सोलुङमा घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु भएको छ । सोलुङस्थित कटोर्के सामुदायिक वनमा घाँस काट्न गएका दुई महिलाको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा सोही वडा बस्ने ६२ वर्षीया श्रीमाया राना र देवघाट गाउँपालिका–२ बस्ने २६ वर्षीया खिमसरा मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

घाँस काट्न गएका उनीहरु नफर्किएपछि खोजतलास गर्ने क्रममा घाँस काटेको स्थानदेखि अन्दाजी एक सय मिटर तल बिहान सात बजेतिर  उनीहरुको शव भेटिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ