Comments Add Comment

एनआईसी एशिया बैंकको ५ अर्ब रुपैयाँ बराबरको डिबेन्चर बिक्री खुला

काठमाण्डौ।  एनआईसी एशिया बैंक लिमिटेडले चैत २५ गतेबाट ५ अर्ब रुपैयाँ बराबरको ‘७ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०९१’ नामक ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ। बैंकले प्रति कित्ता एक हजार रुपैयाँ अंकित ५० लाख कित्ता ऋणपत्र जारी गरेको हो। 
यसमध्ये ३० लाख कित्ता (६० प्रतिशत) संस्थागत लगानीकर्तालाई व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने २० लाख कित्ता (४० प्रतिशत) सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ।
 १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। नेपाल धितोपत्र बोर्डले चैत १३ गते बैंकलाई उक्त ऋणपत्र जारी गर्न स्वीकृति प्रदान गरिसकेको छ।

ब्याजदरस् वार्षिक ७ प्रतिशत रहेको, १० वर्ष अवधि रहेको यसको न्यूनतम २५ कित्ता र अधिकतम् २५ लाख कित्ताको लागि आवेदन गर्न सकिने बैंकले जनाएको छ । 


सर्वसाधारण लगानीकर्ताले चैत २५ गतेदेखि २८ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा आवेदन अवधि वैशाख ८ गतेसम्म लम्बिन सक्नेछ।

ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ