Comments Add Comment

महिला टी–२० विश्वकप छनोटमा बहराइनसँग भिड्दै नेपाल

काठमाण्डौं। आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल र बहराइनको खेल आज हुँदैछ। थाइल्यान्डको तर्डथाई क्रिकेट ग्राउन्डमा हुने खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ।

यसअघि नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो। यस्तै नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। अस्ति मंगलवार भएको अर्को खेलमा भने नेपाल हङकङसँग ७ विकेटले पराजित भएको थियो।

महिला टी–२० विश्वकप एशिया छनोटमा ९ वटा टिम सहभागी छन्। नेपाल, बहराइन र हङकङ समूह ‘सी’ मा छन्। यस्तै समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेसिया, कतार र यूएई छन्। प्रतियोगितामा हरेक समूहका शीर्ष टोली ‘सुपर थ्री’ मा पुग्नेछन्। ‘सुपर थ्री’ मा शीर्ष २ मा रहने टोली ग्लोबल छनोट चरणमा पुग्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ