Comments Add Comment

लव खड्काका आधा दर्जन खतरा मुक्तक !

मुक्तक

वर्तमान को गर्भमा भविष्य पाकि रहेछ
काल हातमा बाण लिएर ताकि रहेछ
थाहा छैन सफलता कस्को हात लाग्ला
चिहान अनेक प्रलोभन देखाइ डाकि रहेछ !

मुक्तक

डर पनि स्वयम् डराइ सक्यो
पीडा आत्तिएर कराइ सक्यो
देखेर मेरो वर्तमान अवस्था
समयको होस हराइ सक्यो !

मुक्तक

राग ले म राग हुँ है भनेर चिनाउनु पर्छ जस्तो लाग्दैन
साग ले म साग हुँ है भनेर चिनाउनु पर्छ जस्तो लाग्दैन
कसैले तपाईं भनोस नभनोस आफै मपाईं भन्छ भरौटे
नाग ले म नाग हुँ है भनेर चिनाउनु पर्छ जस्तो लाग्दैन !

मुक्तक

मन को जाल टुटाउने कसरी होला
मोह को चट्टान फुटाउने कसरी होला
अचेल यस्तै जिज्ञासाले खाई रहन्छ मन
धरामा जन्म मरण छुटाउने कसरी होला !

मुक्तक

चोखिन आफू अनेक प्रपञ्च गर्छ घाती
शुध्दताको मुखुण्डो धारण गर्छ बन्न जाती
आफ्नो कुकर्म बाट भएर स्वयम् भयभीत
सदैव वरपर लगाई हिड्छ भरौटेको ताती !

मुक्तक

लगायर पछि दुइ चार हुने वाला केहि छैन
बसेर बारम्बार निराहार हुने वाला केहि छैन
जब सम्म वल्दैन आत्मा भित्र को असली दियो
आहार विहार जन्म बेकार हुने वाला केहि छैन !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ