Comments Add Comment

कपडा किनिदिने लोभ देखाएर नावालिकालाई यौनधन्दामा, आलियाको खुल्यो पोल !

पर्सा । नयाँ कपडा किनिदिने बहानामा नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ परेकी छिन्। बीरगञ्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया आलिया खातुन पक्राउ परेकी हुन्।

उनलाई वैशाख २७ गते पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। मिश्रका अनुसार वैशाख २१ गते ती नाबालिकालाई नयाँ कपडा किनिदिने बहानामा खातुनले भारत पुर्‍याएकी थिइन्।

खातुनले बिहार रक्सौलको एक होटलममा लगेर यौनधन्दामा सामेल गराएकी थिइन्। ती नाबालिकालाई प्रहरीले भारतीय सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी नेपाल ल्याएको हो। खातुनले यसअघि पनि नाबालिकालाई रक्सौल लगेर यौनधन्दामा संलग्न गराउने गरेको खुलेको मिश्रले बताए।

खातुनलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिमको कसुरमा अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान चलिरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ